×

Nepali Community

आजदेखि सहिद स्मारक ए डिभिजन लिगको एघारौँ चरणका खेलहरु सुरु हुँदै


काठमाडौं । फगुन ३ गते
आजदेखि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको एघारौँ चरणका खेलहरु सुरु हुँदै छ।११ औं चरणको पहिलो दिन आज जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब तथा ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० र च्यासल युथ क्लब भिड्दैछन्। दुवै खेल दिउँसो १ बजे सुरु हुनेछ। जावलाखेल र फ्रेन्ड्स ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भिड्नेछन् भने सोही समयमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बीबीसी र च्यासल खेल्नेछन्।

नवौँ चरणसम्मका खेलहरु दशरथ रंगशालामा खेलाएको एन्फाले बाँकी तीन चरणका खेल भने एन्फा मैदान र दशरथ रंगशालामा खेलाउँदै छ। ११ औं चरणमा त्रिभुवन आर्मी फुटबल क्लब र हिमालयन शेर्पा बुधबार एन्फा मैदानमा खेल्नेछन्। सोही दिन मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लब तथा नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबसँग खेल्नेछ।


More

View All

News

Health

Sports