काठमाडौं । फगुन ३ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुने योग रहेको छ भने राज्यबाट मान सम्मान पाइनुका साथै बोलीको भरमा कार्य सहजै सम्पादन हुनेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज श्रमको उचित मूल्याङ्कन हुने योग रहेको छ भन मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा कला र गलाको प्रभाव बढ्नुका साथै शुभ समाचार पनि सुन्न पाइएला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुने योग रहेको छ भन आँटेको र ताकेको कार्य पुरा हुनुका साथै कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भन परिवारमा सुख सन्तोष छाउनुका साथै अधुरो काम बन्ने तथा धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मन खिन्न हुने स्थिति आउने योग रहेको छ भन जिद्दीपनाले गर्दा काम बिग्रुका साथै लगानीमा गिरावट आउनसक्छ, तर साँझमा कार्य सम्पादनमा सहजता मिल्ला ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नुका साथै आँटेको र ताकेको कार्य पुरा हुने तथा महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ भने धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।
श्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सामाजिक प्रसिद्धि प्राप्त हुने योग रहेको छ भने विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुने तथा सवारी साधनको खरिद हुने योग छ । लामो यात्रा सुखद् र सफल हुनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मन सम्हाल्न आवश्यक हुने योग रहेको छ भन दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्ने तथा शेयर बजारमा पनि उतारचढाव आउन सक्छ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भन चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुने तथा आयआर्जनका क्षेत्रमा सुधार आउने तथा पठनपाठनमा प्रगति हुनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने योग रहेको छ भन धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा प्रेमीको सहयोग प्राप्त हुनुका साथै छोटो यात्रा पनि होला ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज परिवारका सदस्यहरू सकारात्मक हुने योग रहेको छ भने माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ ।