काठमाडौं । फागुन १ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । आज प्रति तोलामा १५ सय रुपैयाँले बढी ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९५ हजार निर्धारण गरिएको छ ।सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । प्रति तोलामा २० रुपैयाँले बढी एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।