×

Nepali Community

एमसीसी विशुद्ध आर्थिक परियोजना हो र यसलाई स्वीकार गर्ने निर्णय गरेका छौं –ज्ञानेन्द्रबहादुर कार्की


काठमाडौं । फागुन १ गते
एमसीसी विशुद्ध आर्थिक परियोजना भएकाले यसलाई संसद्‌बाट अनुमोदन गरी कार्यान्वयमा ल्याइने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ । ११औं विश्व रेडियो दिवसका अवसरमा अकोर्‍याब र नेपाल प्रसारक संघले आज आयोजना गरेको समारोहमा उक्त अभिव्यक्ति दिनु भएको हो ।

‘एमसीसी विशुद्ध आर्थिक परियोजना हो र यसलाई स्वीकार गर्ने निर्णय गरेको र यसलाई अनावश्यक राजनीतिकरण गरिएको उल्लेख गर्दै प्रवक्ता कार्कीले सार्वभौम सम्पन्न संसद्‌मा छलफल भएर यसलाई निष्कर्षमा पुर्‍याउने जिकिर गर्नु भएको छ । उहाँले मुलुकलाई अन्योलमा राख्न नहुने बताउँदै एसीसी परियोजनाले मुलुकलाई आर्थिक विकासको दिशातर्फ डोर्‍याउने दाबी गर्नु भएको छ । यो परियोजनालाई हामीले गुमाइयो भने नेपाल जलस्रोतको उपयोगबाट अवसर गुमाउने उल्लेख गर्नु भएको छ ।


More

View All

News

Health

Sports