काठमाडौं । फागुन १ गते
आज नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई संसदमा एमसीसी टेवल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गर्न लागेको हो ।
एकीकृत समाजवादी निकट जनवर्गीय संघठनहरूले आइतबार एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दैछन् ।एकीकृत समाजवादीको ललितपुर जिल्लाका जनवर्गीय संगठनहरूले आइतबार एमसिसी सम्झौता विरुद्ध दिउसो एक बजे विरोध प्रदर्शन गर्दैछन् ।
एकीकृत समाजवादीको भक्तपुर जिल्लाका जनवर्गीय संगठनहरूले पनि आइतबार नै एमसिसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । सूर्यविनायक चोकमा विरोध कार्यक्रम गरिन एकीकृत समाजवादीले जनाएको छ । विरोध कार्यक्रम लगनखेल चोकमा गरिने जनाइएको छ ।