काठमाडौं । फागुन १ गते
एमसीसी देशको हित र पक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले दाबी गर्नु भएको छ । उहाँले एमसीसी परियोजनाले गरिबी न्युनीकरणका साथै सडक तथा विद्युतिकरणमा विकास हुने बताउनु भएको छ । उहाँले १० वर्ष अगाडि नेपाल सरकार स्वयंले नै विकासको योजनाको रूपमा अमेरिकी सरकारसंग एमसीसी परियोजना मार्फत सहयोग मागेका बताउनु भएको छ ।
१० वर्षको अवधिमा जति सरकार बने ती सबै सरकारले एमसीसीको प्रकृया अगाडि बढाएको उहाँको भनाइृ छ । एमसीसी संसदबाट पास हुनु अमेरिकी सर्त नभएर नेपाल सरकारकै सर्त रहेको भण्डारीले खुलासा गर्नु भएको छ । भण्डारीले एमसीसीबाट देशको विकास हुने दाबी गर्दै त्यो परियोजना संसदबाट पास हुन नदिनुमा सबैभन्दा ठूलो बाधक सभामुख रहेको आरोप लगाउनु भएको छ