×

Nepali Community

सत्तारुढ कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै


काठमाडौं । फागुन १ गते
आज पनि सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक बिहीबारदेखि पार्टी कार्यालय सानेपामा बसिरहेको हो ।आजको बैठकमा मुख्यतः म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे निर्णय हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनु भएको छ ।

नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघलगायतका कांग्रेस भ्रातृ संस्थाको नेतृत्व रिक्त रहनुका साथै म्यादसमेत सकिएको अवस्था छ ।जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकले बाँकी १६ जिल्लाको अधिवेशन १३ फागुनमा गर्ने निर्णय गरिसकेको छ । बैठकले स्थानीय निर्वाचन तयारीका लागि विभिन्न समितिहरू समेत गठन गर्ने बताइएको छ ।

 


More

View All

News

Health

Sports