काठमाडौं । फागुन १ गते
आज २७ औं ‘जनयुद्ध दिवस हो । ‘जनयुद्ध दिवस’ को अवसरमा शुभकामना मन्तब्य दिदै जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा जनयुद्धले अग्रणी भुमिका निर्वाह गर्ने उल्लेख गर्नु भएको छ । आज समाजिक सञ्जाल मार्फत उहाँले नेपाली इतिहासमा गौरवशाली आन्दोलनको उद्घोष भएको फाल्गुन १, जनयुद्ध दिवस सन्दर्भमा सबै नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
त्यस्तै उहाँले ठुलो बलिदान र त्याग समर्पितले रचिएको ऎतिहासिक दिन बनाउन सफल सम्पुर्ण परिबर्तन र मुक्तिकामि जनसमुदायमा र महान शहिदहरु प्रति आभार प्रकट गर्नु भएको छ । त्यस्तै उहाँले संविधानबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश बर्षे जनयुद्ध र त्यस्को जगमा भएको २०६३–६४ जनआन्दोलनको प्रमुख भुमिका रहेको जिकिर गर्नु भएको छ ।