×

Nepali Community

एमसिसीका विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको छ –प्रकाशशरण महत


काठमाडौं । फागुन १ गते
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको नेपाली काँग्रेसका प्रवक्ता डा .प्रकाशशरण महतले बताउनु भएको छ । उहाँले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताउनु भएको छ ।

उहाँले एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने र नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने जिकिर गर्नु भएको छ ।

त्यस्तै उहाँले फरक प्रसङ्गमा काँग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको जनाउनु भएको छ । उहाँले आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गर्नु भएको छ । उहाँले विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी कांग्रेस नै हो ।”

 


More

View All

News

Health

Sports