काठमाडौं । फागुन १ गते
शनिबार युक्रेन संकट चुलिएको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन संवाद गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच शनिबार करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसका एक अधिकारीले जनाएका छन् ।क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले वासिङ्टनले वार्ताको पहल गरेको बताए ।
दुई नेताबीच यसअघि २०२१ को अन्त्यतिर र त्यसअघि डिसेम्बर ७ मा भिडियो संवाद भएको थियो । २०२१ को जुनमा पहिलो पटक जेनेभामा प्रत्यक्ष भेटवार्ता गरेका थिए ।वासिङ्टन र उसका सहयोगीहरूले रुसी फौजले कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । तर, युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको भन्दै पश्चिमा आरोपलाई अस्वीकार गर्दै आएको छ ।