×

Nepali Community

आज कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदै


काठमाडौं । फगुन १ गते
आज कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदैछ । लिगको दशौँ चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् ।पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र हिमालयनबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।एनआरटी ९ खेलमा १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ ।

आज हिमालयनलाई हराएर एनआरटी शीर्ष पाँचमा उक्लन चाहन्छ ।हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ । दशरथ रंगशालामै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र संकटाबीचको खेल ४स्४५ बजे सुरु हुनेछ ।एपीएफ ९ खेल १० अंक जोडेर नवौं स्थानमा रहेको छ ।


More

View All

News

Health

Sports