×

Nepali Community

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । फगुन १ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सफल यात्रा हुने योग रहेको छ भने परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्ने तथा अतिथिको रूपमा सत्कार पनि पाइनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शुभ समाचार सुन्न पाइनुका साथै वैदेशिक क्षेत्रको काम अघि बढ्ने तथा राज्यबाट मान सम्मान पाइने योग रहेको छ भने सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको योग रहेको छ भने ठुलो कारोबारमा लगानी नगर्दा वेश हुने तथा वैदेशिक कार्य चैं सम्पादन होला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज बन्न लागेको काम बिग्रिने योग रहेको छ भने प्रेममा बाधाका साथै मन कमजोर रहनुका साथै दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने योग रहेको छ भने आकस्मिक धन लाभ हुने तथा जोश जाँगर र हिम्मत बढ्नुका साथै दाम्पत्य जीवन सुखमय हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने मनोरञ्जनमा सहभागी भइनुक ासाथै पारिवारिक सद्भाव बढ्ने तथा व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज प्रेमीको सहयोग प्राप्त हुने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ भने न्यायिक कार्यमा सफलता मिल्ने तथा शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सरकारी निकायको भय रहनुका साथै व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने योग रहेको छ भने परिवारमा झैझमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाइनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुने योग रहेको छ भने अचल सम्पत्ति हात पर्ने योग छ भने आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा पनि फाइदा मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आफन्त सँग भेट घाट हुने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा स्वादिष्ट भोजन पाइनुका साथै एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ कार्यको थालनी हुनुका साथै लगनशीलताले कामहरू अगाडि बढ्ने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाइने तथा पदोन्नतिको सम्भावना प्रवल छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज दाम, इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा परिवारमा सुख सन्तोष छाउने र कला र गलाको प्रभाव पनि बढ्नेछ ।


More

View All

News

Health

Sports