काठमाडौं । माघ २९ गते
युक्रेनमा रुसले कुनै पनि बेला आक्रमण गर्ने अमेरिकाले चेतावनी दिएको छ।युक्रेनमा आक्रमण गर्न रुसी सेना तयारी अवस्थामा रहेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छोड्न आह्वान पनि गरेको छ । हवाई बमवारीबाट आक्रमण शुरु हुन सक्ने भन्दै ह्वाइट हाउसले त्यस्तो अवस्थामा युक्रेनबाट निस्कन गाह्रो हुने जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणका कारण अलपत्र परेका कुनै पनि अमेरिकीलाई उद्धार गर्न सेना नपठाउने बताएका छन् । उनले आक्रमण पछिको अवस्था निकै भयानक हुनसक्ने पनि बताएका छन् ।बेलायत, क्यानडा, नेदरल्यान्ड्स,लात्भिया, जापान, दक्षिण कोरियालगायतका मुलुकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आह्वान गरेका छन्। रुसले आक्रमण गरे ५० हजार सर्वसाधारणको मृत्यु हुन सक्ने अमेरिकी चेतावनी छ।