×

Nepali Community

गठबन्धनबारे पार्टीको संस्थागत निर्णयका विरुद्ध नउभिन नेता कार्यकर्तालाई खाणको चेतावनी


काठमाडौं । माघ २९ गते
गठबन्धनको विरुद्धमा नउभिन नेता कार्यकर्तालाई गृहमन्त्री बालकृष्ण खाणले आग्रह गर्नु भएको छ । उहाँले पार्टी कार्यालय सानेपामा बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गठबन्धनको विकल्पबारे धारणा नराख्न आग्रह गर्नु भएको हो गठबन्धनबारे पार्टीको संस्थागत निर्णयका विरुद्ध नउभिन गृहमन्त्री खाणको चेतावनी छ ।

पार्टीले गठबन्धनबारे अर्को संस्थागत निर्णय नगरेसम्म नेताहरुले गठबन्धनको विकल्पबारे धारणा राख्न नहुने जिकिर गर्नु भएको छ ।पार्टीको केन्द्रीय कार्यसमिति बैठकले संस्थागत निर्णय गरेर अहिलेको गठबन्धन निर्माण गरिएको उहाँले बैठकमा स्मरण गराउनु भएको थियो । गठबन्धन राष्ट्रिय आवश्यकता भएरै संविधान, लोकतन्त्र र विधिको शासन रक्षाका लागि निर्माण भएको उहाँको भनाइ थियो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न सजकता र सतर्कतापूर्वक सार्थक प्रयत्न गरिरहेको गृहमन्त्री खाणले बताउनु भएको छ । एमसीसी पारित गर्न प्रधानमन्त्रीले गर्नुभएको प्रयास उपयोगी रहेको उल्लेख गर्नु भएको थियो । गृहमन्त्री खाणका अनुसार एमसीसीले मुलुकको गरिबी र बेरोजगारी न्युनीकरण गर्न मद्दत पुर्याउने बताउनु भएको छ ।

 


More

View All

News

Health

Sports