×

Nepali Community

सरकारले निर्णय गरेर संसदमा पेस गर्न लागेको एमसीसी लाई सभामुखले रोक्न पाउँदैनन् –ओली


काठमाडौं । माघ २९ गते
सरकारले निर्णय गरेर संसदमा पेस गर्न लागेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सभामुखले रोक्न नपाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउ नुभएको छ । शुक्रवार स्थानीय तहको चुनावबारे एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

अघिल्लो सभामुख र अहिलेको सभामुख दुवैले अनधिकृत काम गरेको ओलीले बताउनुभयो । संसदले जेसुकै गरे पनि सभामुखले एमसीसी संसदमा पेस गर्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ छ ।सत्ता गठबन्धन नै एमसीसीबारे एकमत नहुनु समस्या भएको ओलीको भनाइ छ ।

सत्ता गठबन्धनले अमेरिकासँग एमसीसी पारित गर्न समय माग्ने अनि यता नागरिकलाई पारित गर्न हुन्न भनेर उचाल्ने दुई किसिमको चरित्र भएको अध्यक्ष ओलीको भनाइ छ ।प्रधानमन्त्री स्वयम् र एउटा पार्टीको अध्यक्षले एमसीसीलाई पत्र लेख्नु कुटनीतिक व्यवहार विपरीत भएको उहाँले बताउनुभयो ।


More

View All

News

Health

Sports