×

Nepali Community

चार देशीय टी–२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले आज युएईविरुद्ध खेल्दै


काठमाडौं । माघ २९ गते
आज ओमान भ्रमणमा रहेको नेपालले चार देशीय टी–२० सिरिज अन्तर्गत दोस्रो खेलमा युएईविरुद्ध खेल्दैछ।सिरिजको दोस्रो खेलमा नेपालले युएईसँग खेल्ने लागेको हो। अल अमरेट क्रिकेट मैदानमा हुने खेल बिहान ११.४५ बजे सुरु हुनेछ।पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा पनि जित निकाल्न चाहन्छ।

 

पहिलो खेलमा घरेलु टोली ओमानलाई शानदाररुपमा पराजित गरेको नेपाली टोली उच्च आत्मविश्वासका साथ मैदानमा उत्रिने छ।युएईविरुद्धको पछिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ। युएईपछि नेपालले यो सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डविरूद्ध खेल्नेछ। त्यसपछि नेपालले १८ फेब्रुअरीबाट आईसीसी विश्वकप ग्लोबल क्वालिफायर प्रतियोगिता खेल्नेछ।

 


More

View All

News

Health

Sports