×

Nepali Community

झापाको मेचीनगर स्थित चाउचाउ उद्योगमा लागलागी,अझै नियन्त्रण गर्न सकिएन


काठमाडौं । माघ २९ गते
झापाको मेचीनगर नगरपालिका १३ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।झापाको मेचीनगर–१४ दुहागढीस्थित चाउचाउ उद्योगमा भइरहेको भीषण आगलागी अझै नियन्त्रण हुन सकेको छैन। बिहानदेखि लागेको निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले केही बेरअघि घटनास्थलबाट दिएको जानकारीअनुसार आगलागी नियणको प्रयास जारी छ। प्रहरीका अनुसार मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आज बिहान ५ बजेदेखि आगो लागिरहेको हो। आगलागीमा मानिसलाई भने केही नभएको जानकारी पनि डीएसपी पाठकले दिए। क्षतिको विवरण भने आउन बाँकी छ।


More

View All

News

Health

Sports