×

Nepali Community

आजका लागि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडौं । माघ २८ गते
शुक्रबारदेखि काठमाडौंमा बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । शुक्रबारदेखि काठमाडौंमा बस्ने भनिएको बैठक बिहीबार स्थगित भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको बताउनु भएको छ ।

केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचन, एमसीसीसहित पछिल्लो राजनीतिक अवस्था’छलफल गर्ने एजेन्डा रहेको थियो । तर, पदाधिकारीलगायतका विषयमा तयारी नपुगेकाले बैठकको अघिल्लो दिन स्थगित गर्नुपरेको माओवादी स्रोतले जनाएको छ ।


More

View All

News

Health

Sports