×

Nepali Community

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना


काठमाडौं । माघ २८ गते
आज प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।सोही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेको छ।

देशमा पश्चिमी वायुको सामान्य प्रभाव अझै रहेकाले यतिबेला पहाडी भेगमा मौसम आंशिक बदली हुनुका साथै तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार भोलि शनिबार दिउँसो तथा राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ मौसम महाशाखाले जनाएको छ। आइतबार दिउँसो तथा राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।


More

View All

News

Health

Sports