×

Nepali Community

लोकतन्त्रको मेरुदण्डको रूपमा लिइने निर्वाचन कांग्रेसले बाहेक कसैले गराउन सक्दैन–रामहरि खतिवडा


काठमाडौं । माघ २७ गते
कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले लोकतन्त्रको मेरुदण्डको रूपमा लिइने निर्वाचन नेपाली कांग्रेसले बाहेक कसैले पनि गराउन नसक्ने दाबी गर्दै सबै दललाई शान्तिपूर्ण निर्वाचनमा जुट्न आग्रह गर्नुभएको छ । नेपालमा भएका हरेक राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको भन्दै खतिवडाले वैशाख ३० गते हुने स्थानीय निर्वाचन पनि स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न हुने बताउनुभयो ।

उहाँले सबै दल र आन्दोलनरत शक्तिहरूलाई मिलाएर संविधान निर्माणको नेतृत्व गरेको कांग्रेस नेतृत्वले नै संविधान कार्यान्वयनको सिलसिलामा यसअघि स्थानीय, प्रदेश र संघीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको दाबी गर्नुभयो । केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले दुईतिहाई बहुमत प्राप्त कम्युनिस्ट नेतृत्वले संविधानलाई कुल्चेर अघि बढेको बेला संविधानलाई सही बाटोमा ल्याउन एकता र गठबन्धन निर्माण गरी कांग्रेस नेतृत्वले नै निर्वाचन गर्न लागेको बताउनुभयो ।

 

 

 


More

View All

News

Health

Sports