काठमाडौं । माघ २७ गते
आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।अध्यक्ष दाहाललाई भेट्न आज बिहान कोइराला दाहाल निवास खुमलटार पुग्नु भएको थियो । दाहाल र कोइरालाबीच अमेरिकी सहयोग परियोजना एमसिसी र स्थानीय तहको चुनावमा गठबन्धन बारे छलफल भएको थियो।भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए ।
तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताउनु भएको छ । कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पानु भएको छ ।डा.कोइरालाले एमसीसीको विषयमा अलमल नगर्न सुझावसमेत दिनु भएको थियो । उहाँले स्वीकार गर्ने भए संसदबाट छिटो पास गर्न र अस्वीकार गर्ने भए पनि संसदबाटै गर्नुपर्ने धारणा राख्नु भएको थियो ।