×

Nepali Community

मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न मुख्यमन्त्री राईको निर्देशन


काठमाडौं । माघ २७ गते
मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निर्देशन दिनु भएको छ । आज मुख्यमन्त्री राईले प्रदेश–१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको अर्धवार्षिक समीक्षा कार्यक्रममा कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गर्नु भएको छ ।

मुख्यमन्त्री राईले कर्मचारीलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीलाई निर्देशन दिनु भएको छ । मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीलाई सहयोग गर्न पनि सचिवलाई आग्रह गर्नु भएको छ । कानूनको बहाना गरेर मन्त्रीलाई अलमलाउन नहुने र टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्ने जिकिर गर्नु भएको छ । उहाँले जे कुरा हो सचिवले पनि मन्त्रीलाई खुला र पारदर्शी ढङ्गले बताउनु पर्ने उल्लेख गर्नु भएको छ ।

 


More

View All

News

Health

Sports