×

Nepali Community

आज कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै,स्थानीय तहको चुनाव केन्द्रित छलफल गर्ने


काठमाडौं । माघ २७ गते
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई बुधबार बसेको पदाधिकारी बैठकले अन्तिम रूप दिएको छ । कार्यसम्पादन समितिको बैठकबाट म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे आवश्यक निर्णय लिने प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनु भएको छ ।

स्थानीय तह निर्वाचनमा कसरी सशक्त रूपमा प्रस्तुत हुने, कोभिडका कारण सरेको १६ जिल्लाका अधिवेशनलाई कसरी अघि बढाउने, भ्रातृ संस्थालाई कसरी पूर्णता दिने र गतिशील बनाउने भन्ने विषयमा कार्यसम्पादन समितिका सदस्यहरुले हिजोको बैठकमा आ–आफ्ना धारणा राखेका थिए । त्यसकै आधारमा कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने प्रवक्ता डा। महतले जानकारी दिए ।


More

View All

News

Health

Sports