काठमाडौं । माघ २७ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज समय निकै उत्साहजनक रहने योग रहेको छ भने समाजसेवामा मन लाग्ने तथा रोकिएका अधुरा कामहरू पुरा हुनुका साथै मनोरञ्जनमा सहभागिता भइएला ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शुभ समाचार सुन्न पाइने योग रहेको छ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्ने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै पारिवारिक सद्भाव बढ्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज पारिवारिक समस्या आइपर्नुका साथै गरेको काममा ढिलासुस्ती हुने तथा आँटेको काममा बाधा हुने योग रहेको छ भने नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग रहेको छ भने आफन्तसँग रमणीय र सुखद् यात्राको योग छ । तीर्थाटनको योग पनि रहेको छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ कार्यको थालनी हुने योग रहेको छ भने व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने तथा आत्मिक सन्तुष्टि मिल्नुका साथै अधुरा कार्यहरू सम्पन्न हुनेछन् ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने योग रहेको छ भने झुटा आरोप प्रत्यारोप आइपर्दा समस्या खेप्नुपर्ने तथा स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने योग रहेको छ भने पारिवारिक सहयोग मिल्ने तथा कुनै न कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज दैनिक कार्यहरूमा प्रगति हुँदै जाने योग रहेको छ भने नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने तथा जोश जाँगर र हिम्मत बढ्नुका साथै रमणीय र सुखद् यात्राको योग पनि छ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धर्मकर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज परिवारजनको साथले नयाँ आशा पलाउने योग रहेको छ भने देखाएर अरूको मन लोभ्याउन सकिने तथा पुँजी बजार तथा शेयर बजारबाट पनि लाभ मिल्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अतिथिका रूपमा सम्मान पाइने योग रहेको छ भने इच्छा र आकाङ्क्षा पूर्ण हुने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै स्वादिष्ट भोजन पनि पाइनेछ ।