×

Nepali Community

नाटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार दिएर स्थिति थप भड्काइरहेको रुसी राष्ट्रपति पुटिनको आरोप


काठमाडौं । माघ २६ गते
नाटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार दिएर स्थिति थप भड्काइरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आरोप लगाएका छन् । ‘नाटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक हतियारहरू उपलब्ध गराउँदै युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण वित्तीय स्रोत विनियोजन गरेका छन् ।

युक्रेनले नाटोको सदस्यता लिने तयारी गरेपछि रुष्ट बनेको रुसले युक्रेनी सीमामा बख्तरबन्द गाडी, तोप तथा अन्य हतियारसहित एक लाख सैनिक तैनाथ गरेको छ । तर युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको उसको दाबी छ ।

युक्रेनलाई नाटोको सदस्यता दिन नहुने र पूर्वी क्षेत्रमा नाटोको थप बिस्तार रोकिनुपर्ने रुसको माग छ । मागको बेवास्ता गर्दै आएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले आफ्नो सुरक्षा चासोलाई बेवास्ता गरेको दाबी गर्दै आएका छन् ।


More

View All

News

Health

Sports