×

Nepali Community

रसियाले युक्रेन संकटलाई थप तीव्र नपार्ने फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोद्वारा विश्वास व्यक्त


काठमाडौं । माघ २६ गते
रसियाले युक्रेन संकटलाई थप तीव्र नपार्ने फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले विश्वास गरेका छन् । आफूसँगको भेटवार्तापछि रसियाका राष्ट्रपति पुटिनले युक्रेनमा तनाब नचर्काउने बताएको भन्दै राष्ट्रपति म्याक्रोले त्यस्तो विश्वास व्यक्त गरेका हुन ।संकट न्युन गर्न फ्रान्सका राष्ट्रपति र पुटिनबीच कुनै सम्झौता नभएको क्रेमलिनले बताइरहेका बेला युक्रेनको राजधानी किभ भ्रमणका क्रमममा म्याक्रोको सो भनाई आएको हो ।

युक्रेनसँगको सीमामा मस्कोले दशौं हजार सुरक्षाकर्मी जम्मा गरेकोे छ । तर, युक्रेन आक्रमणको कुनै योजना नभएको मस्कोले बताउँदै आएको छ ।संकट न्यून गर्न केही कदमहरु चाल्न सकिने आफ्नो विश्वास रहेको भन्दै म्याक्रोले सम्बन्धित पक्षलाई शान्त रहन आह्वान गरेका छन् ।

 

 


More

View All

News

Health

Sports