काठमाडौं । माघ २६ गते
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै संघीय संसद् घेराउ गर्ने भएका छन् ।
एमसिसीविरुद्ध मंगलबार देशभर कोणसभा गरेका नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले बुधबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवन घेराउको कार्यक्रम तय गरेका छन् । मंगलबार दिउँसो काठमाडौं उपत्यकाभित्र शान्तिबाटिका, कोटेश्वर, गौशाला, कलंकी, गोंगबु बसपार्कका साथै ललितपुर र भक्तपुरमा उनीहरूले कोणसभा आयोजना गरेका थिए ।
यस प्रकारको कोणसभा देशैभर आयोजना गरिने सहभागी राजनीतिक दलहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।आज १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर विरोध प्रदर्शनसहितको र्याली संसद् भवन नयाँ बानेश्वर घेराउ गर्न जाने बताइएको छ ।