काठमाडौं । माघ २६ गते
हिमपहिरोमा परी भारतको अरुणाचल प्रदेशको कामेन्ग क्षेत्रमा ७ सैनिकको मत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फेब्रुअरी ६ मा गएको हिमपहिरोमा उनीहरु बेपत्ता भएका थिए।
भारतीय सेनाले उनीहरुको शव निकालिएको बताएको छ। हिमपहिरोमा परेसँगै उनीहरुको खोजीकार्य तीव्र पारिएको थियो।भारतीय सेनाले सार्वजनिक गरेको एक विज्ञप्तिमा धेरै प्रयास गर्दा पनि हिमपहिरोमा परेका सातजनामध्ये कसैलाई पनि जीवित फेला पार्न नसकिएको उल्लेख गरेको छ।