×

Nepali Community

राष्ट्रिय परीक्षा बोर्डद्वारा यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी


काठमाडौं । माघ २६ गते
यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको जानकारी दिनुभयो ।उहाँकाअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ ।

बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको छ । चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी तयारी थालिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताउनुभयो । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ । कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय आउँदो फागुन १ गतेदेखि खुल्दै छन् ।


More

View All

News

Health

Sports