×

Nepali Community

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै


काठमाडौं । माघ २६ गते
आज पनि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। बिहीवारका लागि तय भएको कार्य सम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनु भएको छ ।

पदाधिकारी बैठक मंगलवार पनि बसेको थियो। मंगलवारको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित थिए। बुधवार सभापति देउवासहितको बैठक बस्न लागेको सहमहामन्त्री पाण्डेले बताए। मंगलवारको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनावलगायत विषयमा छलफल भएको बताइएको छ।


More

View All

News

Health

Sports