×

Nepali Community

गठबन्धनको एकता कायम राख्दै सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित हुन जरुरी छ –एकीकृत समाजवादी


काठमाडौं । माघ २६ गते
सत्तारुढ गठबन्धनको एकतालाई कायम राख्दै निर्वाचनमा केन्द्रित हुनुपर्ने नेकपा (एकीकृत समाजवादी) ले निर्णय गरेको छ।पार्टी केन्द्रीय सचिवालयको १३औँ बैठकले आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको स्वागत गर्दै यस्तो बताएको हो।

गठबन्धनमा आबद्ध सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन पार्टीका महासचिव बेदुराम भुसालले बैठकका निर्णयसम्बन्धी जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जारी विज्ञप्तिमा गठबन्धनको एकता कायम राख्दै गठबन्धनको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको जिकिर गरिएको छ ।


More

View All

News

Health

Sports