×

Nepali Community

आज यि ४ प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं । माघ २६ गते
आज पुन. मौसममा खराबी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।राती सुदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी,बागमती र प्रदेश १ मा वर्षाको सम्भावना छ । बिहीबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 


More

View All

News

Health

Sports