×

Nepali Community

टेलिचलचित्र बेहुलीको २५ औ भाग पुरा , पुर्वप्रधानमन्त्री नेपालद्वारा सम्बोधन


 

काठमाडौं । माघ २५ गते
टेलिचलचित्र बेहुलीको २५ औ भाग पुरा भएको अवसरमा सोमबार भव्य कार्यक्रमको आयोजना गरिएको थियो । पुजा शाहीको कथा रहेको उक्त टेलिचलचित्रको लेखक तथा निर्देशन टेकेन्द्र कार्कीले गर्नु भएको छ, भने निर्माता सविना मगर,पुजा शाही, सह–निर्माता , कार्यकारी निर्माता राजु श्रेष्ठ हुन । उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा आउनु भएका नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै भविष्यमा सफलताको शुभकामना दिनु भएको थियो । उहाँले टेलिचलचित्रको २५ भाग अथात् कोसेढुङ्गा पार गरि एउटा स्थान कायम गरेकोमा सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना दिनु भएको थियो । पुर्वप्रधानमन्त्री नेपालले कार्यक्रममा बेहुलीको नामले आर्कषित नभई जनताको मायाले तानेर आएको जिकिर गर्नु भएको थियो ।

‘‘म यस कार्यक्रममा बेलुलीको नामले आर्कषित भएर आएको होईन ,तपाईहरुको मायाले तानेर आएको हु उहाँले भन्नु भयो ’’ । उहाले आफु पार्टीको कुसीमा नभई जनताको मायाको कुर्सीमा बस्न रुचाउने बताउनु भएको थियो । त्यस्तै उहाँले नेपाली समाजका विकृतिहरुलाई उदाङगो पार्ने, कस्तो समाज हुनुपर्छ , कस्तो खालको पारिवारिक जिवन हुनुपर्छ र व्यक्तिगत सम्बन्ध हुनुपर्छ त्यसको निम्ति एउटा विशाल निर्देश गर्ने उदेश्य राखेर टेलिचलचित्र निमार्ण गर्ने अभियानमा जुट्न सुझाव दिनु भएको थियो । उहाँले साहित्य समाजको ऐना भएको र साहित्य र संस्कृतिमा समाजको प्रतिबिम्ब आउने उल्लेख गर्नु भएको छ ।

त्यसैगरि उहाँले बलिउडकि चर्चित गायिका लता मंगेशकरको निधनप्रति दुख व्यक्त गर्नु भएको थियो । लता मंगेशकर शरीर संसारबाट विदा भए पनि उहाँले गाएका गीतहरु,उहाँको सुमधुर स्वरले सबै हामिबीच जिवित रहने बताउनु भएको थियो ।

उहाँले भन्नु भएको छ, ‘‘समाजको ऐना भनेको साहित्य हो ,साहित्य नै समाजको ऐना हो, साहित्य र संस्कृतिमा समाजको प्रतिबिम्ब आउदछ, तर समाजको प्रतिबिम्ब आएर मात्र पुग्दैन, हामिले परिकल्पना गरेको समाज,वर्तमान समय र भविष्यको प्रतिबिम्ब आउनु पर्छ ’’ । त्यस्तै कार्यक्रममा बिशेष अतिथि समाजसेवी सोभा पाठक, अतिथि, कलाकारहरु र सन्चारकर्मीहरु लगायतको उपस्थितीका बीच कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको टुङ्गुन मिडियाको प्रबन्धन निर्देशको सन्जिव सिं तामाङको सभापतित्व, स्वागत मन्तव्य लोक बहादुर तामाङ र कार्यक्रमको सञ्चालन कमल योञ्जन तामाङले गर्नु भएको थियो ।

कमल योञ्जन तामाङको प्रस्तुती रहेको टेलिचलचित्र बेहुली प्रत्येक सोमबार सांझ ६,३० बजे ओमकार टेलिभिजनमा र ५ बजे मा रोमान्टिक नेपाल नामक युटुब च्यानलमा प्रसारण गरिने छ ।उक्त टेलिचलचित्रमा केही समय अघि सामाजिक सञ्जालमा भाईरल भएकी सृष्टि तामाङलाई बेहुलीको मुख्य भुमिका र कमल योञ्जन तामाङले बेहुलाको मुख्य भुमिका निभाउनु भएको छ ।

 


More

View All

News

Health

Sports