×

Nepali Community

निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको काँग्रेसका महामन्त्री थापाको जिकिर


काठमाडौं । माघ २५ गते
निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बताउनु भएको छ । आज सामाजिक सञ्जालमा आफ्नो धारण राख्दै उहाँले सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशंकाहरु हटेको उल्लेख गर्नु भएको छ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ,अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन,ु थापाले भनेका छन् ।

 

 

 

 

 


More

View All

News

Health

Sports