×

Nepali Community

रुसले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पर्‍याइएको ग्याँस पाइपलाइन बन्द गरिदिने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी


काठमाडौं । माघ २५ गते
यदि रुसले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पर्‍याइएको ग्याँस पाइपलाइन बन्द गरिदिने अमेरिकी राष्ट्रपति जो बाइडनले चेतावनी दिएका छन् ।जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङ्गटनमा आयोजित भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति बाइडनले रुसबाट जर्मनीसम्म जोडिएको ग्याँस पाइपलाइन ‘नोर्ड स्ट्रीम–२’ लाई अन्त्य गरिदिने बताएको बीबीसीले जनाएको छ ।

 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेपछि अमेरिका र जर्मन सरकार प्रमुखबीच छलफल भएको हो ।रुस(युक्रेन तनावकाबीच जर्मनीले दिएको एक अभिव्यक्ति विवादित भएपछि शोल्जले अमेरिकी राष्ट्रपति बाइडनसँग भेटवार्ता गरेका थिए ।


More

View All

News

Health

Sports