×

Nepali Community

मल कारखाना विद्युत् वा ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न कृषि मन्त्रालयको अपिल


काठमाडौं । माघ २५ गते
मल कारखाना विद्युत् वा ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न लगानी बोर्डलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयलेआग्रह गरेको छ ।​ मल कारखाना स्थापना गर्ने विषयमा लगानीकर्तालगायत अन्य सरोकारवालासँग सोमबार गरिएको छलफलमा यस्तो आग्रह गरिएको हो ।

कृषिमन्त्री महिन्द्रराय यादवले मल कारखाना खोल्ने निर्णय सरकारले गरिसकेको छ तर कुन प्रविधिमा गर्ने कुरा नटुङ्गिएकाले त्यसको छिटो टुङ्गो लगाउन लगानी बोर्डलाई आग्रह गरिएको जनाउनु भएको छ । मल कारखाना बिजुली वा ग्यास प्रविधिबाट स्थापना गर्दा के कति लागत लाग्छ, त्यसको फाइदा के छ, त्यसको विस्तृत अध्ययन गरी मन्त्रालयलाई प्रतिवेदन दिन आग्रह गरिएको बताउँदै मन्त्री यादवले प्रस्ताव आएपछि त्यसको आधारमा लगानीका लागि आह्वान गरेर कारखाना स्थापनाको कार्यलाई अगाडि बढाउने बताउनु भएको छ ।


More

View All

News

Health

Sports