काठमाडौं । माघ २५ गते
संयुक्त राष्ट्रसङ्घले सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको जनाएको छ ।अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्रसङ्घीय बालकोष यूनिसेफले सिरियाको उत्तरपूर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफूहरु तयार रहेको पनि जनाएको छ । साथै त्यसका लागि वातावरण मिलाइदिन पनि अपिल गरेको छ ।