काठमाडौं । माघ २३ गते
आगामी केन्द्रीय समितिको बैठकबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पदाधिकारी चयन गर्ने भएको छ । दाबी गर्नेको सङ्ख्या धेरै भएपछि महाधिवेशन सकिएको एक महिनासम्म पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । यही माघ २७ गते हुने केन्द्रीय समितिको बैठकबाट पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय सदस्य टुङ्गो लगाइने भएको छ ।
बैठकमा पदाधिकारी चयन भएपछि स्थानीय निर्वाचनबारे रणनीति बनाउनुका साथै महाधिवेशनले निर्देशन गरेअनुरूप योजना र कार्यनीति बनाइने भएको छ । माओवादी नेता हरिबोल गजुरेलले माघ २७ गतेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहितको पार्टी संरचना निर्माण गर्नेछ । त्यसको तयारी भइसकेको छ ।स्थानीय निर्वाचन घोषणाको तयारी भइरहेकाले पनि अब ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ।