×

Nepali Community

वैदेशिक रोजगारपीडित व्यक्तिहरूको गुनासोलाई समयमै सम्बोधन गर्न श्रम मन्त्री श्रेष्ठले दिए निर्देशन


काठमाडौं । माघ २३ गते
वैदेशिक रोजगारपीडित व्यक्तिहरूको गुनासोलाई समयमै सम्बोधन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार विभागका कर्मचारीलाई निर्देशन दिनु भएको छ । आज काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारपीडित व्यक्तिहरूको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न निर्देशन दिनु भएको हो ।

आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरूले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै कार्यशैलीमा सुधार गर्न पनि उहाँले निर्देशन दिनु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने श्रमिकहरूलाई सहजीकरण गर्नका लागि केही दिनमै श्रमिक सहायताकक्ष सञ्चालन हुने उहाँले जानकारी दिनु भएको छ । मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरू के–के छन् र पीडितका गुनासोलाई कसरी छिटोभन्दा छिटो सुनुवाइ गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायत कर्मचारीहरूले छलफल गरी विवरण मन्त्रालयमा पेस गर्न पनि आग्रह गर्नु भएको छ ।


More

View All

News

Health

Sports