×

Nepali Community

मधेस प्रदेशसभामा सोमबारदेखि संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया सुरु हुँने


काठमाडौं । माघ २३ गते
मधेस प्रदेशसभामा लामो समयदेखि सभापतिविहीन रहेका संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया सोमबारदेखि सुरु हुँदैछ । प्रदेशसभाका सातमध्ये तीनवटा संसदीय समिति सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयनका निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो ।अहिले सत्तारुढ दल जनता समाजवादी पार्टी ९जसपा० ले तीन र प्रमुख विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले एक गरी विभिन्न चारवटा संसदीय समितिमा सभापति छन् ।

जसपाको भागमा परेको अर्थ तथा योजना समितिको सभापतिमा मनिष सुमन, विकास समितिमा अब्दुल कलाम अजाद र प्रदेश मामिला समितिको सभापतिमा अशोक यादव छन् । लोसपाको भागमा परेका महिला बालबालिका तथा समाजिक न्याय समितिको सभापतिमा जयनुल राइन छ्न् । खाली रहेका समितिहरूको सभापति चयनको प्रक्रिया सुरु भएसँगै सत्तारुढ दल र विपक्षी दलहरू पनि सक्रिय भएका छन् ।

 


More

View All

News

Health

Sports