×

Nepali Community

श्रममन्त्रालयले बैदेशिक रोजगार प्रदायक कम्पनीहरुलाई बर्गीकरण गर्ने


काठमाडौं । माघ २१ गते
बैदेशिक रोजगार प्रदायक कम्पनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बर्गीकरण गर्ने भएको छ । मन्त्रालयले हाल संचालनमा रहेका इजाजतपत्र प्राप्त ८ सय ६० वटा म्यानपावर कम्पनीहरुको वर्गीकरण गर्ने भएको हो ।मन्त्रालयले वैदेशिक रोजगारदाता इजाजतपत्रवाला कम्पनीहरुको वर्गीकरण गर्नका लागि सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरि वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न पोखरेलको नेतृत्वमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा ‘म्यानपावर कम्पनी’का प्रतिनिधि सदस्य रहने गरि कार्यदल गठन गरिएको हो।कार्यदलले ‘म्यानपावर कम्पनी’ लाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचक तयार गर्ने मन्त्रालयले जनाएको छ ।

 


More

View All

News

Health

Sports