काठमाडौं । माघ २१ गते
बिहीबारदेखिको लगातारको बाक्लो हिमपातका कारण हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।राजमार्ग अवरुद्ध भएपछि सवारी आवागमन समेत ठप्प भएको छ । हिमपातका कारण अत्याधिक चिसो बढेपछि जनजीवनमा समेत असर परेको छ ।
बिहिवार देखिनै परेको हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सडक, खानेपानी, बिद्धुत, ईन्टरनेट लगायतका सेवाहरुमा आंशिक प्रभाव पारेको छ ।त्यस्तै राजमार्ग अवरुद्ध भएपछि दजनौं सवारीसाधन तथा यात्रु अहिले डोटीको गैरा तथा बुडर बजारमा रोकिएका छन् ।राजमार्ग अन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ ।