×

Nepali Community

नारायणहिटी संग्रहालय परिसरमा रहेका जीर्ण संरचना मर्मतसम्भार गर्न पर्यटनमन्त्री आलेक निर्देशन


काठमाडौं । माघ २१ गते
नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेका जीर्ण संरचना मर्मतसम्भार गर्न निर्देशन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दिनु भएको छ । बिहीबार स्थलगत अनुगमन तथा निरीक्षण गर्दै उनले नारायणहिटी दरबार संग्रहालय आकर्षक र सुन्दर बनाउन निर्देशन दिनु भएको हो । उहाँले इतिहास बोकेको नारायणहिटी दरबारलाई जीवन्त राख्ने आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न त्यहाँ कार्यरत कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

शाहवंशीय परिवारले प्रयोग गरेको दरबारको अस्तित्व जोगाइराख्न र पर्यटक आकर्षित गर्न संग्रहालयलाई संरक्षण गरी आकर्षक र सुन्दर बनाउनुपर्ने मन्त्री आलेको भनाइ छ । दरबार संग्रहालयभित्र थन्किएर रहेका पूर्वराजा तथा विदेशी पाहुनाहरू चढ्ने गरेका गाडीहरू मर्मत तथा डेन्टिङ–पेन्टिङ गरी प्रदर्शनीमा राख्न पनि मन्त्री आलेले निर्देशन दिनु भएको छ । मन्त्री आलेले बतास समूहले क्याफेटेरिया सञ्चालन गर्ने नाममा अवैध रूपमा निर्माण गरेका संरचना भत्काइसकेको बताउनु भएको छ । उहाँले भत्काइएका संरचनाले सिर्जना गरेको फोहोर तत्काल हटाउन लगाई त्यहाँ हरियाली बगैँचा निर्माण गर्न निर्देशन दिनु भएको छ ।


More

View All

News

Health

Sports