×

Nepali Community

एमसीसीमा भएका केही प्रावधान संशोधन हुनुपर्छ–प्रचण्ड


काठमाडौं । माघ २१ गते
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको सर्त संशोधन नगरी पारित गर्न नसकिने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटीको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसीको सर्त संशोधन नभई कुनै हालतमा पनि पारित नहुने बताउनु भएको हो । एमसीसीमा भएका केही प्रावधान संशोधन हुनुपर्ने र त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो नभएको उल्लेख गर्नु भएको थियो ।

 

एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित नहुँने जिकिर गर्नु भएको छ । एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै भएको बताउँदै पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म नै रहने दाबीसमेत उहाँले गर्नु भएको थियो । पाँच दलीय गठबन्धन टुटाउनका लागि अनेक षड्यन्त्र भइरहेको बताउँदै उनले जति षड्यन्त्र गरे पनि सफल नहुने बताउनु भएको थियो ।

प्रमुख प्रतिपक्षी एमालेले एमसीसीलाई देखाएर गठबन्धनमा खेल्न खोजेको दाहालको आरोप छ । अहिले एमसीसी पारित हुने कि नहुने चर्चा भइरहेका बेला उहाँले यही बीचमा गठबन्धन फुटाउने खेलसमेत गम्भीर रूपमा भइरहेको बताउनु भएको हो । स्थानीय निर्वाचन जेठमा हुने उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीका हरेक गतिविधि गाउँ केन्द्रित बनाउनुपर्ने बताउनु भएको थियो ।


More

View All

News

Health

Sports