×

Nepali Community

एमाले आफ्नो एजेन्डा लिएर अघि बढिरहेको छ–टोपबहादुर रायमाझी


काठमाडौं । माघ २१ गते
नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए एमसीसी पारित गर्न एमालेले साथ दिने प्रमुख प्रतिपक्ष प्रतिपक्षी दल नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले बताउनुभएको छ । उहाँले सभामुखलाई हटाउँदा नै फाइदा हुने टिप्पणी गर्दै सरकारसँग बहुमत रहेको र एमसीसी फेल वा पास गर्न पनि उहाँहरूसँग बहुमत रहेको जिकिर गर्नु भएको छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने एमसीसीमा पनि साथ दिने जिकिर गर्नु भएको छ ।

एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको दाबी गर्दै उहाँले एमाले यति बेला परमादेशको कारण प्रतिपक्षमा छ । एमाले विरोधीहरूले महागठबन्धन बनाउने काम गरेको र प्रतिपक्षीको विरोधमा सरकार पक्षकाले महागठबन्धन बनाको जिकिर गर्नु भएको छ । एमाले आफ्नो एजेन्डा लिएर अघि बढिरहेको र आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बुहमत र शानदार विजयी हासिल गर्ने दाबी गर्नु भएको छ ।

रायमाझीले एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको बताउँदै संसद्मा टेबुल भएपछि पार्टीले निर्णय गर्ने बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी संसद्मा पेस गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा जतिसक्दो छिटो ट्रान्समिसन लाइन आवश्यक रहेको बताउँदै एमसीसी सहमति गरेर पारित गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।

 


More

View All

News

Health

Sports