×

Nepali Community

एमसिसी टेबुलको वातावरण बनाउन कांग्रेसका नेतालाई प्रधानमन्त्री देउवाद्वारा निर्देशन


काठमाडौं । माघ २१ गते
सकेसम्म आगामी संसद् बैठकमै अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल गर्ने राजनीतिक वातावरण बनाउन पार्टी नेताहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनु भएको छ । संसद्को आगामी बैठक २६ माघमा बस्दै छ ।

सत्तासाझेदार दलहरूले राष्ट्रिय हितविपरीतका प्रावधानहरू परिमार्जन नगरी एमसिसी अगाडि बढाउन नसकिने अडान लिइरहेका वेला प्रधानमन्त्री देउवाले बिहीबार केही मन्त्री र कांग्रेस संसदीय दलकी सचेतकलाई बोलाएर एमसिसी टेबुल गर्ने वातावरण बनाउन निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्री देउवाले बिहीबार गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्र बडू र सचेतक पुष्पा भुसालसँग छलफल गरेका थिए । संसद् सुचारु गर्ने र पार्टीको एजेन्डा नै भएका कारण एमसिसी कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको संसदीय दलकी सचेतक भुसालले बताइन् ।


More

View All

News

Health

Sports