×

Nepali Community

कोरोनाविरुद्ध खोप अभियानमा नेपाल सफल भएको भन्दै डब्लुएचओले दियो बधाई


काठमाडौं । माघ २१ गते
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्ध खोप लगाएर कोशेढुंगा पार गरेको जनाएको छ। यस अवसरमा (डब्लुएचओ)ले नेपाललाई बधाई पनि दिएको छ। नेपालस्थित डब्लुएचओ कार्यालयले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा माथिको ७० प्रतिशत जनसंख्याले खोप लगाएकोमा बधाई दिएको हो।

सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको डब्ल्युएचओ नेपालले बधाई दिँदै भनेको छ।

हालसम्म नेपालमा लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्। सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका सतप्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ।


More

View All

News

Health

Sports