×

Nepali Community

क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश


काठमाडौं । माघ २१ गते
इजिप्ट आयोजक क्यामरुनलाई ट्राइब्रेकरमा ३–१ पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको छ । पउल बिया स्टेडियममा गएराति भएको दोस्रो सेमिफाइनल निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकेरबाट लिइएको हो ।

ट्राइब्रेकेरमा इजिप्टका मोहनाद लशिन,मोहम्मद अब्देल मोनिम, अहमद सायदले गोल गरेका थिए । क्यामरुनका भिसेन्ट अबुबाकरले गोल गर्दा क्लिन्टन नजी,जेम्स लि सिलिकी र ह्यरोल्ड मोकौडी चुकेका थ्एि । इजिप्टले अब उपाधिको लागि सेनेगलको सामना गर्नेछ । सेनेगल बुर्किना फासोलाई २१ ले हराउँदै फाइनल पुगेको हो ।


More

View All

News

Health

Sports