×

Nepali Community

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ २१ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज नयाँ कामको थालनी हुने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्ने तथा वित्तिय संस्था बाट सहयोग पाइनुका साथै आँटेको र ताकेको कार्य पुरा होला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने कार्य क्षेत्रमा प्रगति हुने तथा बन्धु बान्धवबाट सहयोग मिल्नुका साथै धार्मिक यात्राको योग पनि छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज कला र गलाको प्रभाव बढ्ने योग रहेको छ भने अचल सम्पत्ति हात पर्ने तथा ् आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज अनावश्यक ठाउँमा धन खर्च हुनुका साथै आफ्नो विचार विपरित निर्णय हुने तथा कामहरू अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज राजनीति अधिकारमा सफलता मिल्ने योग रहेको छ भने अरुलाई प्रभावित पारेर काम बन्ने तथा महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज लगानीको वातावरण बन्ने योग रहेको छ भने मुद्दा मामिलामा सफलता पाइने तथा न्यायिक कार्यमा सफलता मिल्नुका साथै शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्ने योग रहेको छ भने अतिथिको रूपमा सत्कार पाइने तथा आफन्तको सहयोग प्राप्त हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने योग रहेको छ भने सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज लगनशीलताले कामहरू अगाडि बढ्ने योग रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्ने तथा व्यापार व्यवसायमा सफलता र लाभ नै मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज प्रेमीको सहयोग प्राप्त हुने योग रहेको छ भने सांगीतिक क्षेत्रमा रुचि बढ्ने तथा स्वास्थ्यमा सुधार आउनुका साथै वित्तिय संस्थाबाट सहयोग पनि पाइनसक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शुभ समाचार सुन्न पाइनुका साथै सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने तथा मनोरञ्जनमा सहभागिता भइनुका साथै शिक्षामा सफलता मिल्ला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज खानपिनमा सजगता अपनाउनु पर्ने योग रहेको छ भने मनमा शङ्का उत्पन्न हुने तथा अनावश्यक धन खर्च हुने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।


More

View All

News

Health

Sports