×

Nepali Community

सेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट


काठमाडौं । माघ २१ गते
आज सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार सुरु भएदेखि नै दिनभरजसो हरियो रहेको बजारमा करिब अन्तिम एक घण्टा भने रातो हुँदा नेप्से घटेर बन्द भएको हो ।बजार परिसूचक १४.५८ अंक (०ं५० प्रतिशत)ले घटेर २८७६.७५ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट भए पनि कारोबार रकम बढेर आज बजारमा आठ अर्ब ६१ करोड २१ लाख ७४ हजारको कारोबार भएको छ ।

आज बजारमा अधिकांश उपसूचकमा गिरावट हुँदा हाइड्रोपावर र निर्जीवन बिमा उपसूकमा सामान्य वृद्धि भएको छ । आजको कारोबार रकममा अरुण भ्याली हाइड्रोपावरले लिड गरेको छ । कम्पनीको ८२ करोड ७० लाखको कारोबार हुँदा अपी पावरको ५२ करोड ५० लाख र शिखर इन्स्योरेन्सको करिब २६ करोड ८१ लाखको कारोबार भएको छ ।आज दिनभर बजारमा १९१ कम्पनीको सेयर कारोबारमा आएकोमा १३७ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ४५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

 


More

View All

News

Health

Sports